त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको घर घेराउ गर्न गएकाहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने लगायतका मागहरु राखेर डा. केसी अनसनमा बसेका छन् ।
त्रिभुवन विश्वविद्यालयले डा. केपी सिंहलाई डिन नियुक्त गरे पनि डा. केसीले वरिष्ठताको आधारमा नियुक्त नगरिएको भन्दै अनसन जारी राखेका छन् । उनको स्वास्थ्य विग्रिँदै गए पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको केसीका समर्थकहरुको आरोप छ ।