सगरमाथा आरोहण गर्न चाहन्छन् दृष्टिविहीन

सगरमाथा आरोहण गर्न चाहन्छन् दृष्टिविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० मंसिर २०७३
  • 8.9K
    Shares

दृष्टिविहीन अमिट केसीले बिश्वको सर्वोच्च शिखर सगरमाथाआरोहण गर्ने योजना बनाएका छन्।
सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन ? यसअघि उहाँले गत वर्ष चैत ८ गते सोलुखुम्बुस्थित छ हजार छ यस ५४ मिको ‘मेरापिक’ र यसै वर्ष वैशाख ८ गते छ हजार एक सय ८६ मिको ‘आइसल्यान्ड पिक’सफल आरोहण गरिसकेका छन् ।
 
तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताए। “अब मात्र आर्थिक जोहो कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भने।

प्रतिक्रिया