एमाले कार्यकर्ताद्वारा जन्ती बस तोडफोड, अनिश्चिकालीन चक्काजामको धम्की

एमाले कार्यकर्ताद्वारा जन्ती बस तोडफोड, अनिश्चिकालीन चक्काजामको धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० मंसिर २०७३
  • 8K
    Shares

प्रमुख विपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अखिल समर्थक विद्यार्थीहरुले नवलपरासीको कावासोतीमा जन्ती बोकेको बस तोडफोड गरेका छन् ।

संविधान संशोधन र सांसदहरुको सुविधा वृद्धिको विरोधमा आन्दोलनमा उत्रेका अखिल समर्थक विद्यार्थीले पूर्वघोषित एक घन्टे चक्काजाममा बस चलाएको भन्दै ना ३ ख ४१३८ नम्बरको बस तोडफोड गरेका हुन् । सो बस विवाहका लागि नारायणगढबाट बुटवल जाँदै थियो ।

नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै राख्नु पर्ने उनीहरुको माग छ । माग पूरा नभए अनिश्चितकालीन चक्काजाम गर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया