ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ मंसिर २०७३
  • 9.2K
    Shares

मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१७ नंको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरीको सीतापुर–३ घर भएका ३० वर्षीय फारुक मियाँको मृत्यु भएको हो ।

राति पौने १० बजे ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मियाँको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा राती १०ः१५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिए । ठक्कर दिने ट्रयाक्टरसहित त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया