ओपिडी सेवा नदिने टिचिङका आवासिय चिकित्सकहरुको घोषणा

ओपिडी सेवा नदिने टिचिङका आवासिय चिकित्सकहरुको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ मंसिर २०७३
  • 9.4K
    Shares

सरकारले डा. गोविन्द केसीको मागलाई नसुनेको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थानका आवासिय चिकित्सकहरु शुक्रबारबाट ओपिडी सेवामा सभागी नहुने भएका छन् ।

नेशनल रेजिडेन्ट डक्टर एसोसिएसनले शुक्रबारदेखि बाध्यताबस बहिरंग विभाग (ओपीडी)मा सहभागी नहुने बताएका छन् । उनीहरुले सेवा बन्द गर्ने इच्छा नहुँदा पनि सरकारले नसुनेपछि बाध्यात्मक कदम चाल्नु परेको जनाएका छन् ।
अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माले जारी गरेको विज्ञप्तिमा वरिष्ठ प्राध्यापक डा गोविन्द केसी विभिन्न माग राखी दशौं आमरण अनशन बसेको यतिका दिन बितिसक्दा पनि सम्बन्धित निकायले कुनै पनि कदम नचालेको भन्दै शुक्रबारदेखि ओपीडीमा सहभागी नहुने निर्णय गरिएको उल्लेख छ ।
उनीहरुले डा केसीको जीवन रक्षाका लागि बाध्यतापूर्वक चालिएका यस कदमप्रति चिकित्सा शास्त्र अध्ययन संस्थानका सम्पूर्ण फ्याकल्टी, चिकित्सक नर्सिङ स्टाफ, कर्मचारी साथै सम्बन्धित सबैमा सहयोग गरिदिनुहुन पनि विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने, त्रिवि उपकुलपति तिर्थ खनियाँको बर्खास्तगी लगायतका माग राख्दै डा केसी १२ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

प्रतिक्रिया