प्रचण्ड र देउवालार्इ विप्लव माअाेवादीकाे कडा चेतावनी

प्रचण्ड र देउवालार्इ विप्लव माअाेवादीकाे कडा चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ मंसिर २०७३
  • 27K
    Shares

नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले माअाेवादी केन्द्र र कांग्रेस गठबन्धन सरकारले विनाकारण देशव्यापी गैरकानुनी गिरफ्तारी बढाएकाे भन्दै त्यसप्रति अापत्ती जनाएका छन् । उनले सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्ड र सरकारकाे सहयाेगी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्इ देशव्यापी भइरहेका गैरकानुनी गिरफ्तारी, धरपकड र दमनकाे हेक्का राख्न अाग्रह गरे ।

मानव अधिकार र संविधानकाे सामान्य सिद्धान्त समेत पालना नगरेर सरकार यसरी धरपकड, गिरफ्तारी र दमनमा अाेर्लिएकाे भन्दै उनले यसबारे अाैपचारिक धारणा सार्वजनिक गर्न पनि उनले प्रचण्ड र देउवालार्इ अाग्रह गरे । प्रचण्ड सरकारले यदि यसरी नै नागरिकका अाधारभूत माैलिक अधिकार र राजनैतिक अधिकारमाथि हस्तक्षेप गर्दै गएमा त्यसकाे परिणाम राम्राे नहुने बताए ।

पछिल्लाे समय सरकारले विप्लव माअाेवादीलार्इ सामान्य राजनीतिक गतिविधि पनि गर्दा पनि यस्तै व्यवहार गर्दै अाएकाे छ । शान्तिपूर्ण प्रदर्शन गर्दा पनि गिरफ्तार गर्ने र लामाे समय कार्यकर्ताहरुलार्इ हिरासतमा राख्ने गरेकाे छ । साथै कतिपयलार्इ झुट्टा अाराेप लगाएर मुद्दा लगाउने पनि गरेकाे छ ।

विप्लव माअाेवादीले यसबारे सरकारकाे अाधिकारिक धारणा खाेजिरहेकाे छ । प्रचण्ड सरकारले यदि यसलार्इ अाधिकारिक रुपमा यस्ताे नीति अख्तियार गरेकाे घाेषणा गरेमा त्यसका विरुद्ध कडा जवाफ दिने बुझिएकाे छ ।

नेकपा (माअाेवादी)का दाेलखाका जिल्ला नेता यादव दाहाललार्इ सरकारले विना कारण गिरफ्तार गरेकाे छ ।    नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीका पूर्वी ताम्सालिङ ब्यूराे सदस्य रहेका दाहाललार्इ कार्तिक २९ गते विनाकारण सदरमुकाम चरिकाेटबाट गिरफ्तार गरिएकाे हाे । दाेलखा जिल्लाका स्थापित नेता दाहालसँगै प्रहरीले साे पार्टीका जिल्ला सचिवालय सदस्य कमलकान्त अाेलीलार्इ पनि गिरफ्तार गरेकाे छ । उनीहरु दुबैजनालार्इ जिल्ला प्रहरी कार्यालय दाेलखामा राखिएकाे छ ।    नेकपा (माअाेवादी)ले नेता द्वयलार्इ विना कारण गिरफ्तार गरिएकाे भन्दै त्यसप्रति अापत्ती जनाएकाे छ । साथै उनीहरुलार्इ विना शर्त यथाशीघ्र रिहाइकाे पनि माग गरेकाे छ ।

प्रतिक्रिया