विप्लव माओवादीका दुई नेता पक्राउ

विप्लव माओवादीका दुई नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० कार्तिक २०७३
  • 7.3K
    Shares

ताम्सालिङ जनसरकार उपप्रमुख यादव दाहाल

आगजनीमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व माओवादीका दुई जिल्ला नेता पक्राउ परेका छन् । कात्तिक २७ गते नेपाल बन्दको पूर्वसन्ध्यामा एउटा कार र दुई मोटरसाइकलमा आगजनी गरेको आरोपमा माओवादीका दुई नेता पक्राउ परेका हुन् ।

आगजनीको आरोपमा दोलखा प्रहरीले विप्लव माओवादीका ताम्सालिङ जनसरकार उपप्रमुख यादव दाहाल र जिल्ला नेता कमलकान्त ओलीलाई पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेका दुई नेतालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। दुवै नेताविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टर ललनप्रसाद कुर्मीले जानकारी दिए ।

दाहाल र ओलीमाथि कात्तिक २७ गते दोलखा उद्योग वाणिज्य संघ महासचिवको कार, जिल्ला विकास समिति दोलाखको मोटरसाइकल र स्थानीय व्यवसायी रविन्द्र पोखरेलको मोटरसाइकल जलाएको आरोप छ ।

प्रतिक्रिया