६० वर्षीया बृद्धाको हत्या आरोपमा भारतमा तीन नेपाली पक्राउ

६० वर्षीया बृद्धाको हत्या आरोपमा भारतमा तीन नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० कार्तिक २०७३
  • 10.1K
    Shares

भारतको चेन्नईमा एक बृद्धाको हत्या गरेको अरोपमा तीन नेपाली पक्राउ गरेका छन् । चेन्नईको टी नगरमा एक्लै बस्दै आएकी ६० वर्षीया शान्ति गत सोमबार मृत भेटिएकी थिइन् । हत्यामा संलग्न भएको आरोपमा ३४ वर्षका गोरख सिंह साथै उनका साथीहरु ३६ वर्षका मन सिंह र ३० वर्षका ललित बहादुर ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरख शान्तिको भन्दा पछाडिको घरमा काम गर्ने घरेलु कामदार हुन् ।

प्रहरीले त्रिप्लिकेनबाट अनुसन्धान थालेको थियो, जहाँ उनीहरुले सीमकार्ड लिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले गोरखको घरमा छापा मारेर ४० हजार भारु पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले अक्टोबर ३० मा शान्तिको हत्या गरेपछि २ लाख २ हजार भारु लिएर भागेका थिए ।

गोरख हत्या र चोरीको योजनाकार भएको खुलेको छ । प्रहरीले कल डिटेलका आधारमा उनीहरुलाई पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार गोरख उसमान रोडको एक गहना पसलमा सुरक्षा गार्डको रुपमा काम गर्ने गरेका थिए । तर, उनले तीन वर्ष अघि काम छाडे र शान्तिको घर ननिकै काम गर्न थाले ।

शान्ति एक्लै बस्ने गरेको थाहा पाएपछि उनले हत्याको योजना बनाए । यसका लागि उनले नेपालबाट दुई जना साथी लगे, जसलाई एक होटलमा काम समेत लगाएको पाइएको छ ।

प्रतिक्रिया