दलित भएको निहुँमा यसरी कुटिए शम्भु हरिजन

दलित भएको निहुँमा यसरी कुटिए शम्भु हरिजन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० कार्तिक २०७३
  • 9.6K
    Shares

रुपन्देही सक्रौन वडा ५ पकडीका शम्भु हरिजन

दलित भएको निहुँमा रुपन्देही जिल्लाको सक्रौन गाविस  वडा ५ पकडीका शम्भु हरिजनलाई  मरणासन्न हुने गरी कुटपिट गरिएको छ । सक्रौन – ५ का राजकुमार यादव सहित अमरनाथ, मोहरत र अजय यादवको टोलीले पकडी चोकमा हरिजनलाई दलित भएको निहुँमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
गएको सोमबार हरिजन बजार गरेर मोटरसाइकलमा फकिदै गर्दा मोहरत यादवले मोटरसाइकल रोकाएर “तँ ‘दलित’ भन्दै मोटरसाइकल धकेली हरिजनमाथि चार जनाले ज्यान लिने ढंगबाट कुटपिट गरी बेहोस हुने गरी आक्रमण गरेको पीडितका बाबु शिवपुजन हरिजनले बताए । छोरालाई रगतै रगतमा बेहोस भएर चोकमा लडेको स्थानीयहरुले देखेपछि आफुहरु आएको शिवपुजनले जानकारी दिए ।

बेहोस अवस्थामा छोरालाई गाउँलेको सहयोगमा भैरहवाको सिटी हस्पीटलमा पुराएका थिए । कुटपिटपछि शम्भुको हात,अनुहार,टाउको र कुममा गम्भीर चोट लागेको छ । आफुहरुमाथि दलित भन्दै मरणासन्न हुने गरी कुट्ने चार जना विरुद्ध प्रहरी चौकी रमवापुर र इलाका प्रहरी कार्यालयमा जाहेरी दिदाँ समेत प्रहरीले वेवास्ता गरेको पीडितका बाबु शिवपुजनले बताए । ‘छोरोमाथि यस्तो कुटपिट भयो , प्रहरीलाई उजुरी दिदा केही गदैनन् ’,उनले भने ,‘ दलित हुनु हाम्रो गल्ती हो र ? ।’

यता जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक धर्मराज भण्डारीले उजुरीकै आधारमा आफुहरुले काम गरेको बताएका छन् । ‘ कुटिपट गर्ने युवा फरार छन् , उनीहरुको खोजी भएको छ, दोषीलाई कारवाही हुन्छ ,’उनले भने । आफुहरुले एक जना युवालाई समाती सकेको बताउँदै आइतवारसम्म चार जना समेत कारवाहीको दायरामा ल्याउने भण्डारीको दावी छ ।
यस अघि पनि यादवहरुबाटै शम्भुलाई जातीय आधार देखाएर कुटपिट गरिएको भन्दै पकडीका दलित अधिकारकर्मीले पीडकमाथि कडाभन्दा कडा कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । तराई दलित सरोकार केन्द्र नेपाल , दलित गैर सरकारी संस्था महासघं र नेपाल दलित सघं रुपन्देहीले यस घटनालाई निकै गम्भीर ढंगबाट हेरिएको भन्दै विज्ञप्ती समेत जारी गरेको छ ।

प्रतिक्रिया