कैलालीको टीकापुर पार्कमा झडप

कैलालीको टीकापुर पार्कमा झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ कार्तिक २०७३
  • 8.3K
    Shares

कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच बिहीबार अपराह्न झडप हुँदा सातजना घाइते भएका छन् । बर्दियाको राजापुरबाट आएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा केही युवा घाइते भएका छन् ।

राजापुरका वसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ । रासस

प्रतिक्रिया