सुकुम्बासी संघका जनकपुर ब्यूराे संयाेजक गिरफ्तार, रिहाइ नगरे २० गतेबाट अान्दाेलनः पुन

सुकुम्बासी संघका जनकपुर ब्यूराे संयाेजक गिरफ्तार, रिहाइ नगरे २० गतेबाट अान्दाेलनः पुन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ कार्तिक २०७३
  • 13K
    Shares

नेकपा (माअाेवादी) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जनकपुर ब्युराे संयाेजक लाल बहादुर लामा

नेकपा (माअाेवादी) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जनकपुर ब्युराे संयाेजक लाल बहादुर लामालाई प्रहरीले गिरफ्तार गरेकाे छ । संघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका लामालाई कात्तिक १८ गते बिहान ५ बजे घरबाटै गिरफ्तार गरेकाे संघका केन्द्रीय अध्यक्ष अाेम प्रकाश पुनले जानकारी दिएका छन् ।

पुन बिहीबार एक विज्ञप्ति जारी गर्दै लामाकाे गिरफ्तारीप्रति ध्यानाकर्षण भएको बताउँदै तत्काल रिहाइ नगरे कात्तिक २० गतेदेखि देशव्यापी संघर्षकाे जाने बताएका छन् ।

‘सर्लाहीको धरहरा सुकुम्बासी बस्ती उजाड पार्ने दलाल राज्यले साेही बस्तीका लाेकप्रिय सुकुम्बासी नेता लाल बहादुर लामाकाे गिरफ्तारीले देशका सिंगाे भुमिहिन सुकुम्वासीलाई अाक्राेसित बनाएकाे छ र लामालाई तत्काल रिहाइ नगरे संगठनकाे तर्फबाट कडा संघर्षको घाेषणा गर्न बाध्य हुनेछाैँ’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

संगठनले मंसिर ११ गतेदेखि पूर्वमेचीदेखि पश्चिमामहाकालीसम्म ‘मेचि महाकाली एकिकृत भूमिहिन सुकुम्बासी जागरण अभियान’ लाई असफल बनाउने षड्यन्त्रका साथ लामाकाे गिरफ्तारी गरिएकाे पुनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया