दसैं मान्न घर गएका कांग्रेस सांसदकाे डेराबाट चोरी

दसैं मान्न घर गएका कांग्रेस सांसदकाे डेराबाट चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ असोज २०७३
  • 8.2K
    Shares

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ । काठमाडौँ महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आएका यादवको कोठाबाट शुक्रबार ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक-एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

सांसद यादवका अनुसार कागेश्वर मन्दिर नजिक रहेको घरको मूलगेट फोडी कोठाको दराज फुटाएर भित्रका सरसामान चोरी भएको छ । उनी घरको पहिलो तलामा बस्दै आएका थिए । सांसद यादवको स–परिवार दसैँ मनाउन जनकपुर गएको थियो । फर्कंदा कोठाहरु ह्वाङ्ग थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया