इलामकाे माइखोलामा डुंगा पल्टिदा सात जनाको मृत्यु

इलामकाे माइखोलामा डुंगा पल्टिदा सात जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ असोज २०७३
  • 15.4K
    Shares

माइखोलामा डुंगा

इलामको दानावारी र महमाइको बीचमा पर्ने माइखोलाको लोदिया दोभानमा डुंगा पल्टिदा सात जनाको मृत्यु भएको छ । दानावारीबाट महमाई जानका लागि शुक्रबार दिउँसो १ बजे डुंगा चढेका यात्रु मध्ये सातको शव फेला परेको स्थानीय मोहन घिमिरेले जनकारी दिए । जिल्ला प्रहरी कार्यालय इलामले भने पाँचको मृत्यु भएको पुष्टी गरेको छ ।

माइखोलाको चेप्टीमा ६ जना र विस्नेटारमा एक जनाको शव फेला परेको घिमिरेले जानकारी दिए । ५० बढी यात्रु बोकेर माइखोला तार्ने क्रममा डुंगा पल्टिएको थियो ।

डुंगा पल्टेपछि अहिलदानावारी र महमाईका हजार भन्दा बढी स्थानीय बेपत्ताको खोजीमा सक्रिय भएको महमाइका चन्द्र तामाङले जानकारी दिए । हराएकाको खोजीकार्य जारी छ । मृतकको सनाखत हुन सकेको छैन् । ढुंगामा १२ जना बालबालिका रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया