देशमा मौलाएको भ्रष्टाचार,कालोबजारी,महंगी,घुसखोरीको विरुद्ध नेकपा (माओवादी)को आव्हानमा जनताको सहभागीतामा निरन्तर जनसंघर्ष, जनकारवाही सो पार्टीले गर्दै छ । त्यसतै हिजो महाकाली अञ्चल आयुवेर्दिक अस्पतालका कार्यरत डा. सुर्य उपाध्यायलाइलाई कालोमोसो दलेको छ ।
अबैधानिक रुपमा नाता पर्नेलाई कर्मचारीमा नियुक्त गरेको, अस्पतालको नियम विपरित पायलको अप्रेशनका नाममा सेवाग्राही बाट १० देखी १२ हजार सम्म लिएर अस्पताल भित्र उपचार गरेको, अस्पताल बाहिर मेडिकल खोली सेवाग्राही लाई आफ्नै मेडिकलमा औषधि किन्न बाध्य पारेको, मान्छे नै नहेरी निरोगिताको प्रमाण पत्रमा सहिछाप गरेको लगायत सो पार्टी जिल्ला समिति कञ्चनपुरले जनाएको छ ।