नेकपा(माओवादी) जिल्ला सदस्य तथा पत्रकार संगठनका अध्यक्ष हटाइए

नेकपा(माओवादी) जिल्ला सदस्य तथा पत्रकार संगठनका अध्यक्ष हटाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ असोज २०७३
  • 11.5K
    Shares

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) कपिलवस्तुले पार्टी जिल्ला सदस्य तथा उक्त पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्वासेलाई दुवै जिम्मेवारीबाट हटाएको जनाएको छ ।

नेकपा(माओवादी) कपिलवस्तु सेक्रेटरी संगम पुन को हस्ताक्षर रहेको एक विज्ञप्ती शुक्रबार प्रकाशित गर्दै यस्तो निणर्य गरिएको जानकारी दिइएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टी संगठनमा उच्च प्रकारको जनवादी केन्द्रियता अपनाउँदै जानुपर्दछ । हाम्रो लागि अप्ठ्यारो वर्तमान अवस्थामा त्यहि प्रकारको विधि, प्रक्रिया मापदण्ड अपनाएर मात्र अगाडी बढ्न सकिन्छ ।’

पार्टी संगठनको नीति विपरीत चल्नुका साथै जिम्मेवारी बहन नगरेकाले हटाइएको सेक्रेटरी पुनले बताए ।

प्रतिक्रिया