अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले निजी टीभी च्यानलको बसलाई निशाना बनाएका छन् । जसमा अफगानिस्तानको लोकप्रिय टीभी च्यानल टोलो टीभीका सात कर्मचारीको मृत्यु भएको छ । टोलो टीभीले ट्वीट गरेको छ, दुर्भाग्यले आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’
आक्रमणमा बस नजिकै हिडिरहेका अन्य २० जना पनि घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तालिबानले यो आक्रमणको जिम्मा लिएको छ । तालिबानले गत सेप्टेम्बरमा कुन्दुज सहरमा भएको संघर्षको खराब कभरेज गरेको भन्दै टोलो टीभीलाई आक्रमण गर्ने धक्की दिएको थियो ।
टोलो टीभी अफगानिस्तानको पहिलो २४ घन्टे समाचार च्यानल हो र अफगानिस्तानको खबरका लागि यो च्यानल चर्चित छ ।