को हुन् मलेसियाले देश निकाला गरेका नेपाली ?

को हुन् मलेसियाले देश निकाला गरेका नेपाली ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ असोज २०७३
  • 14K
    Shares

महेन्द्रजंग शाह

अन्तराष्ट्रिय चरमपन्थी संगठन आईएससँग संलग्न भएको हुनसक्ने आशंका गर्दै पक्राउ गरेका एक नेपालीसहित तीन जनालाई मलेसिया सरकारले देश निकाला गरेको छ । यो खबरले यस भेगमा आंकवादी गतिविधि बढेको खुलेको सिंगापुरको स्ट्रेट्स टाइम्सले जनाएको छ ।

गत महिनामात्र मलेसियाको स्वतन्त्रता दिवस मनाउँदै गर्दा आईएसले आक्रमण गरेको थियो । मलेसियामा पहिलो आईएस आक्रमण मानिएको यो घटनामा ८ जना घाइते भएका थिए ।

मलेसिया प्रहरीले देश निकाला गरेका नेपाली चर्काे आतंकवादी गतिविधिमा संलग्न रहेको बताउँदै आएको छ ।

को हुन् ती नेपाली ?

मलेसिया सरकारले नेपाल डिपार्ट गरेका नेपाली महेन्द्रजंग शाह हुन् । जो झण्डै १४ वर्षदेखि मलेसियामा थिए । उनी आफूलाई व्यापारीका रुपमा चिनाउँछन् । तर, उनी ठगी र नक्कली राहदानी काण्डमा मुछिएका व्यक्ति हुन् ।

मलेसियामा थुप्रै नेपालीहरुलाई रकम लिएर भिसा लगाइदिने काम गर्दै आएका शाह सन् २०१४ तिर गैरआवासीय नेपाली संघ एनआरएनएको मलेसिया अध्यक्ष पनि चुनिए । नजिकबाट चिनेकाहरुका अनुसार शाह  म्यानपावर कम्पनीका एजेन्ट रहेका उनी विभिन्न कम्पनीबाट डिमान्ड ल्याउने काम गर्थे ।  उनले भिसा लगाउन १४/१५ हजार रिंगेट लिन्थे । तर, जब उनले भिसा लगाएकाहरु नक्कली भिसाको आरोपमा पक्राउ परेर डिपोर्ट भए उनको नक्कली धन्दा खुल्यो । उनकै भिसा लगाइदिएकी एनआरएनएकी सचिव सुभद्रा लिङदेनसहित थुप्रै नेपाली नक्कली भिसाको आरोपमा झण्डै एक महिनामा थुनामा परे र नेपाल डिपोर्ट भए ।

नक्कली धन्दाको पोल खुलेपछि उनी एनआएएनए मलेसियाबाट निकालिए भने शाह फरार भएर लुक्दै हिडेका थिए । मलेसियाबाट फर्किएकाहरुले दिएको उजुरीका आधारमा नेपाल आएका समयमा पक्राउ समेत परेका थिए ।

प्रतिक्रिया