गोरखाको केरौजामा पहिरोमा पुरिएर एक विदेशीसहित चार जनाको मृत्यु

गोरखाको केरौजामा पहिरोमा पुरिएर एक विदेशीसहित चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असोज २०७३
  • 9.6K
    Shares

गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । केरौँजा ९ दोभाने भन्ने ठाउँमा बुढीगण्डकीको माथिबाट खसेका पहिरोमा पुरिएर एक विदेशीसहित चार जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर गाइड काठमाडौँ गोकर्ण बस्ने ३५ वर्षका दोर्जे लामा र सोही स्थानका ३० वर्षका छिरी शेर्षा र क्यान नेपालकी प्रतिनिधि ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी जनकराज पाण्डेले जानकारी दिए ।

पहिरोमा पुरिएर मृत्यु हुने एक स्पेनिश नागरिक भएको बताइएको भए पनि उनको सनाखत हुन सकेको छैन ।

पहिरोमा पुरिएर गम्भीर घाइते ६ जनालाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

चार विदेशी र दुई नेपाली गम्भीर घाइते भएका छन् । पहिरो अहिले पनि चलिराखेको छ । जगत् र माछाखोला प्रहरी चौकीका प्रहरी  र स्थानीयवासिन्दाले पहिरोमा पुरिएका पैदलयात्रीको उद्धार कार्य जारी राखेका छन् ।

प्रतिक्रिया