झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या गरिएको अवस्थामा बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा शव फेला परेको थियो ।टाउकोमा चोट लागेको अवस्थामा रिजालको शव फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको टाउकोमा दुई/तीन ठाउँमा चोट लागेको छ भने नाकबाट रगत निस्किएको देखिन्छ । यसैबीच, घट्नाको विषयमा अनुसन्धान गर्न रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।