महिलालाई यौन शोषण: हाकिम रिहा, चालक जेल

महिलालाई यौन शोषण: हाकिम रिहा, चालक जेल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ माघ २०७२
  • 13K
    Shares

एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्। कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका नयाँ पत्रिका दैनिकमा समाचार छ। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ।
एक ऋणी महिलालाई विभिन्न प्रलोभनमा पारी यौनशोषण गरेको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले चारैजनालाई पक्राउ गरी मानव बेचविखनविरुद्ध मुद्दा चलाएको थियो । महिलाले जबर्जस्ती करणी मुद्दा चलाउन खाजेपनि हदम्याद नाघेकाले प्रहरीले मानब बेचविखन मुद्दा चलाएको हो।
सोही मुद्दामा अदालतले गत शुक्रवार बैँकका ठूला कर्मचारीलाई धरौटीमा रिहा गरेको हो भने चालक महर्जनलाई थुनामा पठाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार