धनकुटामा गोली हानेर एक युवकको हत्या

धनकुटामा गोली हानेर एक युवकको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असोज २०७३
  • 8.7K
    Shares

धनकुटामा एक युवकको गोली हानी हत्या गरिएको छ। धनकुटा नगरपालिका–१४ वेलहराका २६ वर्षीय प्रेम भण्डारीको गएराति डाँडागाउँ–१ मा गोली हानी हत्या भएको हो। डाँडागाँउ–१ ४८ वर्षीय चक्रे भनिने खड्कबहादुर गुरुङले गएराति ११ वजेतिर गोली हानी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसिइबीका कारण गुरुङले भण्डारीमाथि गोल प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।

भण्डारीको शव शनिवार बिहान खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले जानकारी दिए। हत्याका आरोपी गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको पाण्डेले जानकारी दिए।

प्रतिक्रिया