फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा नेपालीलाई ६ वर्ष जेल सजाय

फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा नेपालीलाई ६ वर्ष जेल सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० भाद्र २०७३
  • 10K
    Shares

फेसबुकमा साथी बनेकी युवतीलाई पछ्याउँदै बलात्कार गरेको अभियोगमा एक नेपाली युवकलाई अस्ट्रेलियाको अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ।

द एज‘का अनुसार २९ वर्षीय नेपाली अन्जन श्रेष्ठले युवतीको फेसबुक पोस्टका आधारमा पछ्याउँदै नाइट क्लबसम्म पुगेको र त्यहाँबाट निस्किएपछि बलात्कार गरेको अभियोगमा सजाय सुनाइएको हो।

अन्जनले भने अदालतमा आफू निर्दोष रहेको र युवतीको सहमतिमै यौन क्रियाकलाप भएको जिकिर गरेका थिए।

घटना दुई वर्षअघिको हो। अदालतले फैसला भने बुधबार गरेको हो।

घटनापछि पक्राउबाट बच्न अन्जनले आफ्नो फेसबुक डिटेल परिवर्तन गरेका थिए। सन् २००६ मा नेपालबाट अस्ट्रेलिया आएका उनको त्यहाँ पार्टनर रहेको र पहिलो बच्चा जन्मन लागेको पत्रिकाले जनाएको छ।

प्रतिक्रिया