क्षयरोग केन्द्रको महिला शौचालयमा पुरुषको शव

क्षयरोग केन्द्रको महिला शौचालयमा पुरुषको शव


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ भाद्र २०७३
  • 15.9K
    Shares

क्षयरोग निवारण केन्द्र

राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरको महिला शौचालयमा शङ्कास्पद अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । शौचालय सफा गर्न जाने सफाइ मजदुरले बाहिरबाट चुकुल लगाइएको अबस्थामा शौचालयभित्र अन्दाजी ४५ वर्षका पुरुषको शव फेला पारेका थिए ।

केन्द्रका निर्देशक विकास लामिछानेले , ‘स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्ने ” अनुमान गरे । उनले अघि भने, “प्रहरीलाई बोलाएर शव बुझाएका छौँ । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।’

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी आज पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ । मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया