माओवादीबाट निष्कासित खतिवडाको चन्दा असुली धन्दा

माओवादीबाट निष्कासित खतिवडाको चन्दा असुली धन्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ भाद्र २०७३
  • 36.7K
    Shares

नेकपा (माओवादी)को नाममा चन्दा असुली भइरहेको तथ्य फेला परेको छ । पार्टीको आर्थिक विभागको लेटर प्याड र नगदी रसिद दुरुपयेग गरी विभिन्न व्यवसायीबाट लाखौं रुपैयाँ चन्दा असुली गरिरहेको अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले जनाएको छ ।

संगठनले अनुशासनको कारवाही गरी साधारण सदस्यबाट समेत निस्काशन गरिएका केदार खतिवडाले पार्टीको नाममा चन्दा असुली गरिरहेको अखिल क्रान्तिकारी समन्वय समितिका संयोजक लोकेश विश्वकर्माले बताएका छन् ।

आइतबार संयोजक विकले एक प्रेस विज्ञप्ति जारी गर्दै खतिवडाले गत साउन २५ गते रुकमका व्यवसायी धनबहादुर केसीसँग एक लाख रुपैयाँ असुल गरेको बताएका छन् ।

संयोजक विकले असुल रकम सम्बन्धित व्यक्तिलाई तुरुन्त फिर्ता गर्न खतिवडालाई चेतावनी दिएका छन् । साथै गलत व्यक्ति र धन्दासँग सतर्क रहन सबैमा उनले आग्रह गरेका छन् ।

thagiko-news1

प्रतिक्रिया