नेपाली भाषाको वर्णविन्यास विरुप पारेको दाबीसहित सर्वोच्चमा रिट दायर अदालतले छलफलका लागि सरकारलाई उपस्थितिका लागि बोलायो ।
रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले सरकारसँग कारणसहितको लिखित जवाफ माग गर्दै अर्को साता छलफलमा उपस्थित हुन आदेश दिएको हो ।
अनधिकृत रुपमा बलजफ्ती पाठ्यक्रम विकास केन्द्रले गरेको प्रस्तावका आधारमा मन्त्रीस्तरीय आदेश अनुरुप वर्णविन्यास शैली परिवर्तन गरिएको भन्दै शुक्रबार अधिवक्ता भद्रप्रसाद नेपाल र पत्रकार टपेन्द्र कार्कीले रिट दायर गरेका थिए।
शिक्षा मन्त्रालयका तत्कालीन सचिव किशोर थापाले पेश गरेको टिप्पणीलाई तत्कालीन शिक्षा मन्त्री दिनानाथ शर्माले सदर गरेका कारण कार्यान्वयन अबस्थामा रहेकाले मौलिकता लोप हुने स्थितिमा पुगेको चिन्ता रिटमा छ ।
नेपाली शब्दकोश नै परिवर्तन हुने गरी टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण नै परिवर्तन गरिएकाले उक्त बदर गर्न उनीहरुको माग छ ।