म्यानमारमा सैनिक शासन अन्त्य भएसँगै त्यहाँको संसद भंग भएको छ । सैन्य शासन अन्त्य भएसँगै राजधानीमा खुसीयाली छाएको छ र त्यहाँ सांगितिक कार्यक्रम भइरहेको छ । यसअघि म्यानमारको संसदमा सैन्य पृष्ठभूमि भएका मानिसहरुको दबदबा हुन्थ्यो ।
आउने सोमबारबाट संसदमा एनएलडीको नियन्त्रण हुनेछ । तर, संसदको एक चौथाइ सिट र महत्वपूर्ण मन्त्रालय सेनाको कब्जामा रहनेछ । संसदले छिट्टै राष्ट्रपतिको चुनाव पनि गर्ने स्रोतले जनाएको छ ।