१० हजार घुससहित महोत्तरीका गाविससचिव पक्राउ

१० हजार घुससहित महोत्तरीका गाविससचिव पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ भाद्र २०७३
  • 8.1K
    Shares

स्थानीयसँग १० हजार घुस लिँदै गर्दा महोत्तरी सदरमुकाम जलेश्वरबाट गाविस सचिवलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा सचिव पक्राउ परेका हुन् । गाविसबाट भ्रमणका लागि १ लाख पेश्की दिइएको थियो । उक्त पेश्की फर्यौटका लागि सचिवले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक एसपी राजकुमार लम्सालले जानकारी दिए । सचिवलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाइएको लम्सालले जानकारी दिए ।

प्रतिक्रिया