क्षतिपूर्ति माग्न गएकामाथि प्रहरीको लाठी

क्षतिपूर्ति माग्न गएकामाथि प्रहरीको लाठी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० भाद्र २०७३
  • 9.1K
    Shares

ट्रकले पोल ढाल्दा जलेर मृत्यु भएका ललितपुर टीकाथली–१० का रमेश श्रेष्ठका आफन्त र गाउँलेमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । श्रेष्ठको मृत्यु भएपछि प्रहरीले परिवारलाई क्षतिपूर्ति दिलाउन समन्वय नगरेको भन्दै आफन्त र गाउँलेहरुले आज महानगरिय प्रहरी बिट सातदोबाटो घेराउ गरेका थिए ।

 शनिबार राति ना २ ख ३२३२ नम्बरको ईट्टा बोकेको ट्रकले टीकाथलीमा ठक्कर दिएर बिद्युत पोल ढालेपछि मोटरसाइकलमा सवार स्थानीय महेश श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको थियो । बा ३९ प २०४० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको शव अहिले पनि इमाडोलस्थित किष्ट अस्पतालमा छ ।

आफन्तले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने बताएका छन् ।  मृतकका भाई महेश श्रेष्ठले महेशका ६ महिने छोराको उचित लालनपालनको व्यवस्था र क्षतिपूर्ति नदिइएसम्म शव नबुझ्ने बताए ।  सातदोबाटो प्रहरी बिटका प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले कानुनी प्रक्रिया अनुसार चालकलाई कडा कारबाही गर्न प्रहरी प्रतिबद्ध रहेको बताए । उनले दुर्घटना गराउने ट्रक चालकलाई नियन्त्रणमा लिइएको र क्षतिपूर्तिको लागि नारायणी यातायात व्यवासायी संघसँग कुराकानी भइरहेको बताए ।  प्रहरीको लाठीचार्जबाट केही सामान्य घाइते छन् ।

प्रतिक्रिया