जुम्लाको दुई छुट्टा छुट्टै गाविसमा अत्याधुनिक हतियार एसएलआर बन्दुक, त्यसमा लाग्ने म्यागजिन र गोलीहरु बरामद गरेको छ । गत भदौ १५ गते अञ्चल प्रहरी कार्यालयको टोलीले हतियारसहित पक्राउ गरेका तीन जनाले अनुसन्धानको क्रममा बन्दुक र गोली रहेको स्थानबारे जानकारी दिएपछि एसएलआर हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
जुम्लाको सनीगाँउ-४ स्थित जलजला लेकको ओडारमा हरियो प्लास्टिक र कपडाले बेरेर राखेको अवस्थामा १ थान एसएलआर राइफल तथा धापा-६ घोडेङ्गा स्थित स्याउको बगैँचाबाट एसएलआरको गोली २५ राउण्ड, १ थान म्यागजिन र पुर्जाहरु प्रहरीले बरामद गरेको छ ।