मालपोत अधिकृतसहित तिन जनाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता

मालपोत अधिकृतसहित तिन जनाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ भाद्र २०७३
  • 15.7K
    Shares

कागज किर्ते गरी जग्गा धनी प्रमाणपुर्जा (लालपूर्जा)को प्रतिलिपी बनाइदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यलय चावहिल काठमान्डूका तत्कालिन मालपोत अधिकृत राजकिशोर महतोसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दर्ता गरेका अन्य अभियुक्तहरुमा सोही कार्यालयका तत्कालिन खरिदार पार्वतीरमण खनाल र सानु भैरव प्रसाद पुडासैनी रहेका छन् ।

उनीहरुको आपसी सरसल्लाह, मिलोमतो र संलग्नतामा मालपोत कार्यालय चावहिलमा रहेको भैरव प्रसाद पुडासैनिको नाममा श्रेस्ता कायम भएको काठमाण्डौं नयाँपाटी वडा नम्बर २ (क) को कित्ता नम्बर १७७ को जग्गाको सरकारी निकायमा रहेको दर्ता श्रेस्ताको कागजातलाई गैरकानुनी तरिकाले हेरफेर गरी सानु भैरव प्रसाद पुडासैनीलाई जग्गाधनी भैरव प्रसाद पुडासैनी नै उल्लेख गरी जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी लेनदेन गरी भ्रष्टाचार गरको अख्तियारको दावी छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम हदैसम्म सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया