फिलिपिन्समा शक्तिशाली विष्फोटपछि राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रहरीलाई सहयोग गर्ने भन्दै सेना परिचालनको निर्णय गर्नुभएको छ । अतिवादी समुह अबुसैय्फले राष्ट्रपति गृहनगर भ्रमणमा पुगेका बेला शक्तिशाली विष्फोट गराएपछि अराजकताको स्थिति सृजना भएको घोषणा गर्दै सेना परिचालनको निर्णय भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति रोड्रिगोको गृहनगर डोभावोको ब्यस्त बजारमा हिजो भएको विष्फोटमा १४ जना मारिएका थिए । विद्रोहीको अस्तित्व मेटाउने भन्दै राष्ट्रपतिले कडा नीति लिने भएपछि अबुसैय्फ समेत आक्रामक भएको छ । क्याथोलिक ईसाई धर्मावलम्वीको मुख्य बसोबास रहेको फिलिपिन्समा लामो समय देखि ईश्लिामि समुह संघर्षरत छन् ।