ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित, बाहिरिइन रुसेफ

ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित, बाहिरिइन रुसेफ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ भाद्र २०७३
  • 10.8K
    Shares

ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए ।

निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आउनुभएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ ।
नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिएकी छन् ।

गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन् ।

यद्यपी डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उनले  यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरेको दाबी गरेकी छन् ।

पहिलो, मुलुकको बढ्दो मुद्रा स्फिति नियन्त्रण गर्न एक अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन् ।

राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आजन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास प्रशंसनीयय मानिएको छ ।

सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए ।
टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मेका हुन् ।

उनलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरेको छ ।

प्रतिक्रिया