५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति पक्राउ

५ हजार नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पत्ति पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ भाद्र २०७३
  • 9K
    Shares

दिल्ली प्रहरीले मानव बेचविखनको आरोपमा एक दम्पत्ति र उनीहरुका छ सहयोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेन रहेका छन् । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ ।

उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए । भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन । समाचारहरुमा जनाइएअनुसार उनीहरुले सुरुमा जीबी रोडमा धन्दा सुरु गरेका थिए । तर, यस्तो चार कोठी चलाएका छन् ।

सारा १९९० मा पनि पक्राउ परेकी थिइन्  र, उनलाई ७ वर्षको जेल सजाय पनि भयो । तर, उनी फेरि यही धन्दामा लागेको पाइएको छ । प्रहरीले हुसेन दम्पत्तिविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरेको इण्डिया टुडेले जनाएको छ ।

प्रतिक्रिया