फेसबुके चिनजानले क्यानडाको पीआरधारी ठानेर बिहे गर्दा ड्राइभरको फन्दामा

फेसबुके चिनजानले क्यानडाको पीआरधारी ठानेर बिहे गर्दा ड्राइभरको फन्दामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ भाद्र २०७३
  • 16.1K
    Shares

नेपालीहरुमा फेसबुकको नशा बेजोडले बढेको छ । सहरमा मात्र होइन, गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ । यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर बिहे गरेका छन् । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन् । यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ ।

फेसबुकमार्फत् चिनजान भएकी एक यसवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन् । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् ।

चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।

पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाई बलात्कार मुद्दा चलाएपनि उनी अहिले जेल चलान भएका छन् ।

त्यस्तै घटना बारम्बार भइरहेका छन् । फेसबुकबाट चिनजानकै भरमा धेरैको जिन्दगी बर्बाद भइरहेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

– See more at: http://www.ratopati.com/aakhabar/75056/#sthash.ilB4nmaw.dpuf

प्रतिक्रिया