प्रहरीले भारतीय आर्केष्ट्रा समूहका १० नर्तकीसहित २९ जनालाई महोत्तरी जिल्लाको मटिहानी नाका र वर्दिवासबाट शुक्रवार साँझ पक्राउ गरेको छ । प्रहरीले दुई वटा जीपमा नेपाल प्रवेश गरेका न्यू आर्केष्ट्रा एन्ड म्युजिकल ग्रुप र संगम आर्केष्ट्रा ग्रुपलाई नियंत्रणमा लिएको हो । दुवै समुह भारत विहार मधुवनी जिल्ला साहरघाटका हुन ।
उनीहरुले कृष्णअष्टमीको अवसरमा मझौरा विसनपुर र परिकौलीमा नाचगानका लागि भाडामा आएको प्रहरी सोधपुछका क्रममा बताएका छन् । दुवै समुहले एक रात नाचगान गर्न ३३ हजार र ३१ हजार भारु लिएको जनाएका छन् ।
प्रहरी उपरीक्षक जनक भट्टराइकाअनुसार वर्दिवास प्रहरीले समेत अर्को आर्केष्ट्रा समुहका ४ नर्तकीलाई नियंत्रणमा लिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार महिलासहितका यी भारतीय समुह विना ईजाजत प्रवेश गरेकाले स्थानिय प्रशासन ऐन प्रयोग गरि नियंत्रणमा लिईएको हो । प्रशासनको इजाजत विना वाहिरबाट ल्याईएका यस्ता समुहका कारण शान्तिसुरक्षामा खलल पर्ने ,धर्म र संस्कृतिको आडमा उच्छुङखल गतिविधि हुने र सामाजमा विकृति बढने हुदा उनीहरुमाथि रोक लगाईएको यादवले जनाए ।
प्रहरीले पक्राउ परेका समुहमाथि छानवीन चलिरहेको शनिवार जनाएको छ । अघिल्ला वषर््ामा भारतीय नर्तकीकै कारण विभिन्न आपराधिक घटना घटनुकासाथै स्थिति नियंत्रणमा लिन प्रहरीले गोलिसमेत चलाउनु परेको हुदा यो वर्षे भारतीय आर्केष्ट्रामाथि रोक लगाएको प्रशासनले जनाएको छ ।