सामाजिक परिचालकमाथि निर्घात कुटपिट

सामाजिक परिचालकमाथि निर्घात कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ भाद्र २०७३
  • 11.8K
    Shares

वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन्  खवाङ–६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा आएका छन् ।

वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ । सोही भत्ता वडा नागरिक मञ्चका संयोजकले आफू पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर, जिविस तथा गाविसले भत्ता संयोजकका लागि नभइ फोटोकपी, बैठक व्यवस्थापन र खाजाका लागि भएको भन्दै सोहि अनुसार खर्च गर्न निर्देशन दिएको थियो ।

वडा नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।

वडा नागरिक मञ्चका संयोजक बुढाले वडा नागरिक मञ्चको व्यवस्थापनका लािग भत्ता बर्सेनि खर्च नहुने तर सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया