टर्कीको दक्षिण पूर्वी सिज्र शहरस्थित प्रहरी मुख्यालयमा शक्तिशाली कार बम विष्फोटमा हुँदा ११ प्रहरीको मृत्यु भएको छ । ७८ जना घाईते भएको बीबीसीले जनाएको छ । बिस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएपनि प्रतिबन्धित कुर्दिस वर्कर्स पार्टिले गराएको स्थानीय सञ्चारमाध्यले दाबि गरेका छन् ।
टर्कीमा कुर्दिस पार्टी र सरकारबीच पछिल्लो समय द्वन्द चलिरहेको छ । समययता कुर्दिस पार्टीविरुद्ध सरकारको अभियानका क्रममा सिज्र सहरमा पटकपटक कफ्यु समेत लगाईएको छ । सिरिया सँग जोडिएको सिज्र शहरमा भएको हिंसामा १ सय मानिसलाई जलाएर हत्या गरिएको विषयमा संयुक्त राष्ट्रसंघ तथा मानवअधिकारवादि समुहहरुले छानविनको माग गर्दै आएका छन् ।