कु्स्मा नगरपालिकाका हाकिम चण्डीका पौडेललाई स्थानीयले पिटे

कु्स्मा नगरपालिकाका हाकिम चण्डीका पौडेललाई स्थानीयले पिटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० भाद्र २०७३
  • 18.3K
    Shares

कु्स्मा नगरपालिकाको कार्यकारी अधिकृत

पर्वत जिल्लाको कु्स्मा नगरपालिकाको कार्यकारी अधिकृत भएर आएदेखि नै विवादमा पर्दै आएका चण्डीका पौडेललाई स्थानीयले कुटपिट गरि लखेटेका छन् । कुश्मा नगरपालिका ७ को वडा नागरिक मञ्च गठनको विषयलाई लिएर विवाद भएपछि पार्टीकरण गर्न खोजेको आरोपमा स्थानीयले कुटपिट गरेका हुन् । पौडेल सहित कार्यालयका नायब सुब्बा अर्जुन चापागाई माथि पनि स्थानीयले कुटपिट गरेका हुन् ।

स्थानीयले प्रतिकार भएको जानकारी पछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनालाई सामान्यीकरण गरेपनि पौडेललाई पिटेको भन्ने जानकारी नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले बताईन् । उनले घटनाको विषयमा अनुसन्धान भईरहेको र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउने बताईन् ।

कार्यकरी अधिकृत पौडेलले नेपाली काँग्रेस निकटकालाई संयोजक बनाउन खोजेको र एमाले लगायतका दलहरुलाई पेलेर जान खोजेपछि विवाद बढेको स्थानीयहरुको भनाई छ । कर्मचारीहरुले राजनीति गर्नखोजेपछि हामीले प्रतिकार गरेका हौं एक स्थानीयले भने बढि नै राजनीति गर्न खोजेपछि पिटेर लखेटेका हौं । वडा संयोजक चयन गर्दा सहमतीको आधारमा हुनुपर्नेमा उनले आँफूले पेल्न खोजेपछि स्थानीयले प्रतिकार गरेका हुन् ।

उता कार्यकारी अधिकृत पौडेलले वडा नागरिक मञ्चमा लामो समयदेखि विवाद रहँदै आएकाले पूनर्गठन गर्ने शिलसिलामा गोला प्रथा गर्ने क्रममा आक्रमण प्रयास भएको बताउनुभयो । उहाँले पूर्नगठन गर्नुपर्ने भएकाले स्थानीयले राजनीतिक प्रतिशोधका कारण आँफूलाई हातपात गर्न खोजेको बताए ।

कार्यकारी अधिकृत पौडेलले यस अघि पनि नगरपालिकाको काम गर्दा एकलौटी रुपमा गर्दै आएका कारण समय समयमा बिवादमा पर्दै आएका थिए । गत वर्ष कर्मचारी नियुक्ति गर्दा आफन्तलाई नियुक्ति गरेपछि दलहरुले नगरपालिकाको कार्यक्रम बहिस्कार समेत गरेका थिए ।

प्रतिक्रिया