जाजरकोटका १० गाविसमा विप्लव माओवादीको जनसत्ता गठन

जाजरकोटका १० गाविसमा विप्लव माओवादीको जनसत्ता गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 13.3K
    Shares

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नकपा माओवादीले जाजरकोटका १० वटा गाविसमा जनसत्ता गठन गरेको छ । आफ्नो पार्टी संवैधानिक प्रक्रिया भन्दा बाहीर रहेको भन्दै समानन्तर सत्ता सञ्चालनको लागी गाविस स्तरिय जजनसत्ता गठन गरेको हो । जनसत्ता गठन गरिएका जिल्लाका १० गाविसहरुमा भगवति, खगेनकोट, डाडाँगाउँ, लहँ, सक्ला, नायकवाडा, अर्छानी, टालेगाउँ, पजारु र झाप्रा रहेको नेकपा माओवादी जाजरकोटका सेक्रेटरी प्रेम चलाउने (अनन्त) ले जानकारी दिएका छन । जिल्लाका ३० वटै गाविसमा जनसत्ता गठन गरेर जिल्ला जनसरकार घोषणा गर्ने पार्टीको लक्ष्य रहेको चलाउनेले वताए । सेक्रेटरी चलाउनेले जनसत्ता गठन पनि जनताका न्याय निसाफका कामकाजहरु अव गाउँमै हुने दावी गरे । उनले मालपोत मिनाह, जग्गा रजिष्ट्रेसन लगाएतका कामहरु जनसत्ताले गाउँमै गर्ने जानकारी दिएका छन ।
गाउँ विकास समितिमा गठन गरिएका जनसरकार प्रमुखहरुको नामावली भने चलाउनेले दिन मानेका छैनन् । जिल्ला जनसरकार घोषणा संगै गाविस जनसरकार प्रमुखहरुको नामावली सार्वजनिक गरिने उनले बताए । जिल्ला जनसरकार घोषणा कहिले गर्नुहुन्छ त ? भन्ने पत्रकाहरुको जिज्ञासामा चलाउनेले माघ महिना भित्रै जिल्ला सदरमुकाममै घोषणा गरिने तर मिति भने तय भई नसकेको बताए ।
सबै माओवादी पार्टी एकताको कुरा चलिरहेको सन्दर्भमा विप्लव माओवादीले जनसत्ता गठन तथा घोषणा गर्दै जानुलाई चौतर्फि चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार