दुबई अदालतद्वारा एक नेपालीलाई डेढ करोड जरिवाना

दुबई अदालतद्वारा एक नेपालीलाई डेढ करोड जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ माघ २०७२
  • 10.3K
    Shares

साइबरक्राईम अपराध अभियोगमा दुबईमा एक नेपाली पक्राउ परेका छन् । उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड नेपाली रुपैयाँ) जरिवाना सुनाएको छ । सम्भवत नेपाली कामदारलाई लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । एक भारतीय मुलका नागरिकसँग मिलेर आफैंले काम गरेको कम्पनीको इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय सुनाइएको हो ।

दुबई प्रहरीले पक्राउ गरेका नेपालीलाई जिएस र भारतीयलाई सिएन नाम दिएको छ । जिएस उक्त कम्पनीका म्यानेजर र सिएन सेल्सम्यान हुन् । उनीहरूले काम गरिरहेका कम्पनीमा अज्ञात मेलमार्फत काम नगर्न, ग्राहकहरूसँग राम्रो रेकर्ड नरहेको भन्दै कम्पनीको प्रतिष्ठामाथि आँच आउने काम भएको थाहा भएपछि आन्तरिक अनुसन्धान गर्दा कम्पनीभित्रकै व्यक्तिले इجसिस्टम ह्याक गरी सूचना चोरेको पत्ता लागेको थियो ।

कम्पनीको गोप्य डाटाहरु कपि र पेस्ट गरेर उनीहरुका प्रतिस्पर्धी कम्पनीलाई पठाइएको पनि खुल्न आएको प्रहरीको भनाई छ । स्थानिय प्रहरीले नेपाली युवा जिएसलाई पक्राउ गरिसकेको छ । गल्फ न्युजका अनुसार उनले आफ्नो फैसलामाथि १५ दिनभित्र पुनरावेदन गर्न पाउने छन् ।

प्रतिक्रिया