शिक्षा अधिकारी आचार्यलाई कालोमोसो दलेको आरोपमा विप्लब बिद्यार्थी संगठनका नेता पक्राउ

शिक्षा अधिकारी आचार्यलाई कालोमोसो दलेको आरोपमा विप्लब बिद्यार्थी संगठनका नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ भाद्र २०७३
  • 23.7K
    Shares

मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्य

मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यलाई कालोमोसो दलेको आरोपमा प्रहरीले माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुर जिल्ला सचिब प्रज्वल शाहीलाई प्रहरीले शमिबार दिउँसो पक्राउ गरेको छ । उनलाई  आफ्नै डेराकोठाबाट पक्राउ गरेको बताईएको छ ।

करीब पांच दिन अघि छात्रबृत्तिको विषयमा ज्ञापनपत्र बुझाउन गएका नेकपा माओवादी केन्द्र, बैद्य निकट माओवादी तथा विप्लव निकट माओवादीले छलफल सकेर कार्यालयबाट निस्कदै गर्दा विप्लव माओवादी निकटका केहि ब्यक्तिहरुले शिक्षा अधिकारीलाई कालोमसो दलेका थिए  ।

जिल्ला शिक्षा अधिकारीलाई कालो मोसो किन भन्दै नेकपा माओवादी लेखिएको पर्चा उक्त स्थानमा फेला परेको थियो  । तर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सर्जित अर्यालले कालोमसो लगाउने काममा आफुहरुको कुनैपनि हात नरहेको बताएका थिए  ।

प्रतिक्रिया