स्याङ्जाको तीनदोबाटो गाविसबाट बेपत्ता भएकी फान्सेली महिला मृत अवस्थामा फेला पारेकी छिन्। जिल्ला प्रहरी कार्यलयले स्याङ्जाले उनको शव भेटिएको पुष्टि गरेको हो।फ्रान्सको पश्चिमी सहर नान्टेशकी ३५ वर्षीया मिलानी ग्युरेन अगस्ट ६ मा लुम्बिनी हिँडेकी थिइन्। त्यसको भोलिपल्ट उनलाई पोखरामा देखिएको थियो। अगस्ट १२ मा नै उनको नेपाल बसाइ सकिने थियो। उनी फ्रान्स नफर्केको र आफन्त, परिवारसँग सम्पर्कबिहीन भएपछि खोजीका लागि आफन्तले पहल गरेका थिए। काठमाडौंस्थित फ्रान्सेली दूतावासले खोजीका लागि नेपाल प्रहरीलाई आग्रह गरेको थियो।
३५ वर्षीया मिलानी ग्युरेन अगस्ट ६ मा लुम्बिनी हिँडेकी थिइन्। त्यसको भोलिपल्ट उनलाई पोखरामा देखिएको थियो। अगस्ट १२ मा नै उनको नेपाल बसाइ सकिने थियो। उनी फ्रान्स नफकेको र आफन्त, परिवारसँग सम्पर्कबिहीन भएपछि खोजीका लागि आफन्तले पहल गरेका थिए।
बेपत्ता उनको उनको खोजीकार्य जारी राखेको प्रहरीले पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा उनको ब्याग तथा पासपोर्ट फेला परेको थियो। उनको अवस्थाबारे भने प्रहरीले कुनै तथ्य भेट्टाउन सकेको थिएन।
बिहिबार तीनदोबाटोका स्थिानीयले सडक नजिकैबाट नराम्रो गन्ध आएको खबर गरेपछि प्रहरीले उक्त गन्ध कुनै मृत मानिसको हुनसक्ने अनुमान गरेको थियो। स्थानीयले नालाबाट एउटा शव निकालेको र उक्त शव चिन्न नसकिएको जिल्ला कार्यलय साङ्जाका उप—प्रमुख यमप्रसाद् सुवेदीले बताए।
‘मृत भेटिएको शव चिन्न नसकिएपछि पोखरामा रहेका मिलानीका केही साथीलाई बोलाइएको थियो। उनीहरुले उनले लगाएको लुगा तथा गरगहनाको आधारमा उक्त शव मेलानीको भएको यकिन गरे’, सुवेदीले भने। थप अनुसन्धान र पोस्टमार्टमका लागि शव काठमाडौं पठाउने तगारी भइरहेको उनले बताए।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका एसपी टेक बहादुर बोगटीले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए। के कारणले उनको मृत्यु भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ। पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए।