सबैतिर २३ औं जनयुद्ध दिवस मनाउने तयारी भैरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जनाकार्बाहीलाई तिब्रता दिन थालेको छ l सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोनसेवालगायत संस्था एनसेलको टावरमा गए राती ताेडफोड र आगजनी भएको छ । क्षतीको विवरण आउन बाँकी छ भने घट्नाको जिम्मा कसैले लिएको छैन ।
एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको आरोप नेकपाले लगाउदै आएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए ।
दुई निर्माण व्यवसायमाथि आक्रमण
भोजपुर लेगुवामा भीम पौडेल स्वामीत्वको ओमसाई क्रसर उद्योगमा गए राती आगजनी भएको छ । सो क्रशसर उद्योग स्थानीय निकाय (साबिकको जिविस)मा दर्ता नगरेको, आयकर भुत्तानी नगरेको आरोप नेकपाले लगाउदै आएको थियो ।
त्यसैगरी गए राती नै भोजपुर–लेगुवा खण्डको निर्माण कार्य गर्दै आएको राम मैनाली स्वामीत्वको कन्काई कन्ट्रक्शनको डोजर, रोडरलगायतमा पनि आगजनी भएको छ । सो आक्रमण हिले भञ्ज्याङमा भएको हो । क्षतीको विवरण आउन बाँकी छ भने सो घट्नाको जिम्मा कसैले लिएको छैन ।