बस आपसमा ठोक्किदा चितवनमा तीनको मृत्यु

बस आपसमा ठोक्किदा चितवनमा तीनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३२ साउन २०७३
  • 7.6K
    Shares

भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस  पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालकको मृत्यु भएको हो ।

बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौँ र केहीलाई भरतपुर ल्याइँएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया