नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग

नेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० साउन २०७३
  • 10.6K
    Shares

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले नेपाल विद्यार्थी संघको अधिवेशन अगाडि नबढाउन माग गरेको छ । नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा पौडेल पक्षले प्रक्रिया रोक्न माग गरेको हो । पौडेल समूहका नेताहरुको बैठक आइतबार पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको थियो । बैठकले विधि सम्वत रुपमा महाधिवेशन गर्ने नाममा फर्जी प्रतिनिधिलाई पनि समावेश गरिएको भन्दै रोक्न माग गरेको छ ।

‘हिजो जुन लिस्ट आयो, सोचभन्दा धेरै र कतिपय स्वभाविक नेताहरु पनि छुटेका छन्’ नेता मनोजमणि आचार्यले भने । पौडेल समूहले चुनावी प्रक्रिया अघि बढाए महाधिवेशन नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

अध्यक्षका प्रत्यासी दीपक भट्टराईले  भने, ‘फर्जी नामावली नसच्चिएसम्म हामी महाधिवेशन हुन दिन्नौं भनेर पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छौं । नसच्चिए हामी पनि आमरण अनशन बस्छौं ।’ उनले नामावली सच्चाउन एक दिनको अल्टिमेटम दिइएको पनि बताए ।

प्रतिक्रिया