विद्यार्थी कम भएपछी कास्कीमा १३ विद्यालय गाभिए

विद्यार्थी कम भएपछी कास्कीमा १३ विद्यालय गाभिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ साउन २०७३
  • 15K
    Shares

कास्की जिल्लामा १३ विद्यालयलाई समायोजन गरिएको छ ।  विद्यार्थी नभएका तथा तोकिएको संख्या भन्दा कम विद्यर्थी भएका विद्यालयहरुलाई समायोजन गरिएको हो ।  यस्तै, सात विद्यालयहरुलाई एक–पाँच कक्षाबाट एक–तीन कक्षामा घटाएको छ ।

आईतबार जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा बसेको जिल्ला शिक्षा समितिको बैठकले जिल्लाका १३ विद्यालयहरुलाई नजिकमा सञ्चालित विद्यालयमा मर्च गरेको जनाईएको छ ।

घटुवामा परेका विद्यालयहरुमा ढिकुरपोखरीको सरस्वती प्रावि, लेखनाथको अरण्यज्योति प्रावि, चिप्लीको सिद्ध प्रावि, कास्कीकोटको कालिका मावि, गुराँसे प्रावि, जनक प्रावि र दयानन्द प्रावि रहेका छन् । यस्तै, ढिकुरपोखरीको विकासज्योति प्रावि सोहि ठाउँको महेन्द्र प्राविमा समायोजन गरिएको छ । हेम्जाको दीपेन्द्र प्रावि याम्दी स्थित बालकल्याण प्राविमा, सिद्धको सरस्वती प्राविलाई गाउँफर्क माविमा एकीकरण गरिएको छ ।

थुम्कीको बालविकास प्रावि कुलेश्वर प्राविमा, मिजुरेको जनज्योति प्रावि हिमालय माविमा र हंसपुरको ज्ञानज्योति प्रावि रामकोट माविमा समायोजन गरिएको छ । भदौरेको प्रगतिशील प्राविलाई बहादुरे माविमा, लालीगुराँस प्रावि र किरण प्राविलाई कृष्णमहादेव निमाविमा, सरस्वती प्रावि सराङकोटलाई जनजागृति माविमा, बालज्योति प्राविलाई राष्ट्रिय मावि, नवदुर्गा प्राविलाई रतन पाण्डे मावि र दिव्यश्वरी प्राविलाई सिद्ध प्राविमा समायोजन गरिएको छ । ‘विद्यार्थी विहीन भईसकेका र त्यस विद्यालयका शिक्षक अन्यत्र काजमा खटाईसकेका विद्यालयहरुलाई विधिवत रुपमा नजिकको विद्यालयमा एकिकरण तथा समायोजन गरी त्यस्ता विद्यालयका भवन र सम्पत्तिलाई समायोजन गरिएको विद्यालयमा जिम्मा दिने र संरक्षणको जिम्मा दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जनाए ।

  विद्यालय समायोजन निर्देशिका अनुसार न्यूनतम विद्यार्थी संख्या नपुगेका तर विद्यालय रहेको समुदायका वालवालिका भौगोलिक कारणले अन्य विद्यालयमा पढ्न जान नसक्ने र पढ्नबाट नै बञ्चित  हुने अवस्था रहेका विद्यालयहरुलाई कक्षा १–५ भएमा कक्षा घटाइ, कक्षा  १–३ बनाउने निर्णय गरिएको उनले जनाए ।

प्रतिक्रिया