नेपालमा भ्रष्टाचार झन् बढ्यो

नेपालमा भ्रष्टाचार झन् बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ माघ २०७२
  • 12.5K
    Shares

भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सिपीआइ  ( करप्शन परसेप्सशन इन्डेक्स) रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार पछिल्लो वर्षमा झन् बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवस्थासम्बन्धी सूचांकाकमा नेपाल चार स्थान तल ओर्लिएको छ ।
१६८ मुलुकको सुशासन प्रयास र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कामहरुको सर्वेक्षण गरी तयार गरिएको प्रतिवेदनमा नेपालमा १३० औं स्थानमा परेको छ । गत वर्ष नेपाल १२६ औं स्थानमा सूचीकृत भएकोमा यसपटक चार स्थान तल ओर्लिएर थप भ्रष्ट मुलुकको सूचीमा परेको हो ।
सबैभन्दा धेरै भ्रष्टाचार हुने १० मुलुक सूचकांकमा सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पहिलो नम्बरमा सोमालिया परेको छ। यसैगरी धेरै भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया, अफगानिस्तान, सुडान, दक्षिण सुडान, एंगोला, लिबिया, इरान, भेनेजुएला, गुनिबिसाउ र हैटी रहेका छन्।
सबैभन्दा कम भ्रष्टाचार हुने वा असल शासन भएको मुलुकको पहिलो स्थानमा युरोपेली मुलुक डेनमार्क परेको छ । दोस्रोमा फिनल्याण्ड, तेस्रोमा स्वीडेन, चौथोमा न्युजिल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैटौंमा नर्वे, सातौं स्वीटजरल्याण्ड, आठौं सिंगापुर, नवौं क्यानडा र दशौं स्थानमा जर्मनी रहेको छ।
भारत ७६ स्थानमा छ भने पाकिस्तान ११७, अफगानीस्तान १६६, बंग्लादेश १३९ र श्रीलंका ८३ औं स्थानमा रहेका छन्। डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलकु बन्दै सूचीको पहिलो स्थानमा रहेको छ भने उत्तर कोरिया र सोमालिया सबैभन्दा अन्तिममा रहेका छन्।

सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो । तर, सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो। २७ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम भ्रष्चारा हुने मुलुकमा रहेको छ।

प्रतिक्रिया