माओवादीको महाधिवेशन पुसमा नहुने पक्का

माओवादीको महाधिवेशन पुसमा नहुने पक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ साउन २०७३
  • 11.3K
    Shares

सरकार नेतृत्व गरेसँगै नेकपा माओवादी केन्द्रले आगामी पुसमा महाधिवेशन नगर्ने भएको छ । र, महाधिवेशनको नयाँ मिति तोक्नेबारे छलफल सुरु भएको छ । माओवादीले पुस २३ देखि गर्ने तय भएको थियो । तर, अब नयाँ सरकारको नेतृत्व गरेसँगै आगामी पुसमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा नेताहरु पुगेका छन् ।

शुक्रबार बसेको माओवादी हेडक्वाटर बैठकमा महाधिवेशन आगामी जेठ-असारमा गर्नेबारे छलफल भएको छ । łकेही साथीहरुले केन्द्रीय चुनाव अघि जेठ-असारमा महाधिवेशन गर्नुपर्छ भन्नु भएको छ, केहीले पछि गरौं भनेका छन्,’ नेता हरिबोल गजुरेलले भने ।

गाउँ र जिल्लाको अधिवेशन भने स्थानीय तहको चुनाव अघि नै गर्नु पर्नेमा धेरै नेताहरुले जोड दिएका छन् ।

यसबारे पार्टी अध्यक्ष प्रचण्डले आफूले लिखित प्रस्ताव नै तयार पारेर आउने बताएका छन् ।

माओवादीले महाधिवेशन आयोजक समितिको बैठक भदौ ११ गतेका लागि बोलाएको छ । झण्डै १५ सय बढी सदस्य भएकाले बैठकका लागि भृकुटीमण्डपमा हल बुक गरिएको छ ।

प्रतिक्रिया