एक नेपाली युवक हंगेरियन युवतीलाई बिहेको औंठी लगाउन अष्ट्रियाको रजिष्ट्री कार्यालयमा गएका थिए तर, हत्कडी लाएका छन् । घटना दक्षिण भियानाको हो । नक्कली बिहे गर्न लागेको आरोपमा दुई जोडी पक्राउ परेको छ । जसमा एक नेपाली युवक पनि रहेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
समाचारमा जनाइए अनुसार मोइडलिङ शहरस्थित रजिष्ट्री कार्यालयमा रोमानियाली युवती र नेपाली युवक तथा हंगेरियन युवती र ट्युनिसियाका युवक विवाह दर्ताका लागि गएका थिए । तर, अधिकारीहरुलाई शंका लागेपछि उनीहरुले एकअर्काको भाषा नै नबुझ्ने पाइएको छ ।
युरोपमा बस्ने राम्रो अवसरका लागि उनीहरुले नक्कली बिहे गर्न लागेको आशंका गरिएको छ । पक्राउ परेका नेपाली युवकबारे थप केही खुलाइएको छैन ।