गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।
दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार फिस्टेल एयरको नाइनए–एकेए हेलिकप्टर काठमाडौंस्थित त्रिभूवन विमानस्थलको कन्ट्रोल टावरसँस दिउँसो १२ बजेर ३२ मिनेटमा अन्तिम सम्पर्क भएको थियो । हेलिकोप्टर नुवाकोटको मदनपुर ९ पाखुरे

को जंगलमा दुर्घटना भएको स्थानिय शिक्षक तथा प्रतक्षदर्शी हरी थापाले जानकारी दिनुभयो ।
हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्। फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।
को–को थिए हेलिकप्टरमा ?
गोरखाका एसपी जनक पाण्डेका अनुसार वर्ष ६० का कितमान गुरुङ, वर्ष ५६ की अज्ञानी गुरुङ, वर्ष १९ की प्रिति गुरुङ, प्रितिकी ५ दिनका छोरा सवार थिए । यस्तै फेज नामक गैरसरकारी संस्थामा कार्यरत इटहरीकी २२ वर्षीया निशा तामाङ र अर्की लक्ष्मी गुरुङ पनि हेलिकप्टरमा सवार थिए भने हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए ।